लिग–२ क्रिकेट : नेपाल आज स्कटल्यान्डसँग प्रतिस्पर्धामा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

Nepal national cricket team ले आज अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग–२ अन्तर्गत Scotland national cricket team सँग महत्वपूर्ण खेल खेल्दैछ। खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल स्कटल्यान्डविरुद्धको आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो। सन् २०२३ मा नेपालमै भएको लिग–२ सिरिजमा स्कटल्यान्ड दुवै खेलमा पराजित भएको थियो। त्यसपछि भारतमा सम्पन्न टी–२० विश्वकपमा पनि नेपालले स्कटल्यान्डलाई हराएको थियो।
स्कटल्यान्ड एसोसिएट राष्ट्रहरूमध्ये बलियो टोलीका रूपमा चिनिन्छ। साविक विजेता टोली भएकाले उसले उपाधि रक्षा अभियानलाई निरन्तरता दिने प्रयास गर्नेछ।
नेपालको अर्को प्रतिस्पर्धी अमेरिका पनि बलियो टोलीका रूपमा रहेको छ। अमेरिकाको टोलीमा मिलिन्द कुमार, साई तेजा मुक्कामल्ला, कप्तान मोनाङ्क पटेल तथा अनुभवी बलर सौरभ नेत्रवाल्कर रहेका छन्। पछिल्ला चार एकदिवसीय खेलमा नेपाल अमेरिकासँग पराजित भएकाले आगामी खेलहरू चुनौतीपूर्ण हुने देखिएको छ।
लिग–२ अंक तालिकामा नेपाल २४ खेलबाट ८ जित, १४ हार र दुई खेल रद्द हुँदै १८ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ। अर्को वर्ष हुने विश्वकप ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाउन तथा एकदिवसीय मान्यता कायम राख्न नेपालले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब छ।
हालै ओमान र संयुक्त अरब इमिरेट्सविरुद्धको त्रिदेशीय सिरिजमा तीन खेल जितेपछि नेपाली टोलीको मनोबल उच्च बनेको छ। अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्ड दुवैलाई पराजित गरेको थियो।
यस सिरिजका लागि बसिर अहमदको स्थानमा ईशान पाण्डेलाई टोलीमा समावेश गरिएको छ भने कुशल भुर्तेल पनि टोलीमा फर्किएका छन्। अर्जुन कुमाल र विनोद भण्डारीले पुनः अवसर पाएका छन्।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र Sandeep Lamichhane मुख्य आशाका खेलाडी मानिएका छन्। घरेलु मैदान र समर्थकको साथले नेपाललाई थप आत्मविश्वास दिएको

Leave a Comment