प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि बहस

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्को बजेट अधिवेशनको पहिलो दिन सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा मा सहभागीहरू । तस्बिर : प्रदिपराज वन्त/रासस

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिनेछ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह ले उक्त कार्यक्रम प्रतिनिधिसभामा टेबुल गरेका हुन्।
आजको छलफलमा संसद्मा रहेका विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ। नीति तथा कार्यक्रममाथिको बहसपछि सरकारले आगामी आर्थिक वर्षको बजेट पनि यही अधिवेशनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले प्रत्येक वर्ष संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ।

Leave a Comment