प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच उच्चस्तरीय छलफल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेकी छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए। बैठक करिब दुई घण्टा चलेको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशको वर्तमान सुरक्षा अवस्थामाथि विस्तृत समीक्षा गरी आवश्यक कदम चाल्ने विषयमा चर्चा भएको थियो।

स्रोतका अनुसार बैठकमा सुरक्षा प्रमुखहरूले देशभरको सुरक्षा स्थिति, हालका चुनौतीहरू तथा सम्भावित जोखिमबारे आफ्ना–आफ्ना विश्लेषण प्रस्तुत गरेका थिए।

बैठकमा प्रधानमन्त्री कार्कीले सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय र तदनुकूल कदम चाल्न निर्देशन दिएकी बताइएको छ।

Leave a comment