रास्वपाको प्रारम्भिक अग्रता, २६ क्षेत्रमा गणना हुँदा २१ मा अघि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ फागुन, काठमाडौं । देशभरका प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा (रास्वपा) ले उल्लेखनीय अग्रता लिएको छ।

हालसम्म २६ निर्वाचन क्षेत्रमा मतगणना भइरहँदा २१ क्षेत्रमा रास्वपा उम्मेदवारहरू अघि देखिएका छन्। प्रारम्भिक परिणामअनुसार विगतमा र का उम्मेदवारहरू लगातार विजयी हुँदै आएको क्षेत्रमा समेत रास्वपाले शुरुवाती अग्रता बनाएको देखिएको छ।

देशका विभिन्न स्थानमा मतगणना फरक–फरक समयमा सुरु भएको छ। केही क्षेत्रमा गएरातिदेखि नै मतगणना चलिरहेको छ भने कतिपय स्थानमा बिहान ७ बजेदेखि गणना सुरु गरिएको निर्वाचन अधिकृतहरूले बताएका छन्।

प्रारम्भिक नतिजामा रास्वपाको अग्रता देखिए पनि अन्तिम परिणाम भने मतगणना सम्पन्न भएपछि मात्रै स्पष्ट हुने जनाइएको छ।

Leave a Comment