काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा Lucknow Super Giants ले Chennai Super Kings लाई ७ विकेटले पराजित गरेको छ।
लखनउमा भएको खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमै ३ विकेट गुमाएर पूरा गर्यो।
लखनउका लागि मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्कासहित ९० रनको उत्कृष्ट इनिङ खेले। जोश इंग्लिसले ३६ रन र निकोलस पूरनले ३२ रनको योगदान दिए।
चेन्नईका बलरमध्ये मुकेश चौधरी र स्पेन्सर जोनसनले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। चेन्नईका कार्तिक शर्माले ४२ बलमा ७१ रनको राम्रो पारी खेले भने शिवम दुबेले ३२ रन जोडे।
लखनउका आकाश सिंहले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए।
यो जितसँगै लखनउको १२ खेलमा ८ अंक पुगेको छ भने चेन्नई १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
आईपीएलमा लखनउको शानदार जित, चेन्नई ७ विकेटले पराजित
Leave a Comment
Leave a Comment







