टस हार्‍यो नेपाल, स्कटल्यान्डले रोज्यो ब्याटिङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध जारी खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।
सोमबार भएको खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। त्यससँगै नेपाल फिल्डिङमा उत्रिएको छ।
नेपालले यसअघि अमेरिकाविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
नेपालका लागि लिग–२ को अंकतालिकामा सुधार गर्न यो खेल महत्त्वपूर्ण मानिएको छ।

Leave a Comment