प्रधानन्यायाधीश सिफारिसविरुद्ध ७ उजुरी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस भएका मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी दर्ता भएका छन्। समितिले वैशाख २५ गते उजुरी आह्वान गरेको थियो भने सोमबारसम्म उजुरी दिन समय दिएको थियो।
समितिका अनुसार प्राप्त उजुरीमाथि जेठ ५ गतेदेखि अध्ययन सुरु गरिनेछ। भोलि बस्ने बैठकमा सबै सदस्यहरूको उपस्थितिमा उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिने तयारी छ।
संवैधानिक परिषद्ले वैशाख २४ गते सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

Leave a Comment