इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई चार विकेटले हराएको छ।
इडेन गार्डेन्समा भएको प्रतिस्पर्धामा मुम्बईले दिएको १४८ रनको लक्ष्य कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। टोलीको जितमा मनीष पाण्डेले महत्वपूर्ण भूमिका खेल्दै ३३ बलमा ४५ रन बनाए। उत्कृष्ट प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
लक्ष्य पछ्याउने क्रममा कोलकाताले सुरुआती दबाब झेले पनि मध्यक्रममा मनीष पाण्डेले इनिङ्स सम्हाल्दै टोलीलाई सहज अवस्थामा पुर्याएका थिए। अन्तिमतिर कोलकाताले संयमित ब्याटिङ गर्दै ७ बल बाँकी रहँदा जित सुनिश्चित गर्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनाएको थियो। मुम्बईका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्दा टोली मध्यम स्कोरमै रोकिएको हो।
यस जितसँगै कोलकाताले १३ अंक पुर्याउँदै प्लेअफ सम्भावना कायम राखेको छ। टोली अंक तालिकाको छैटौं स्थानमा पुगेको छ। लगातार कमजोर प्रदर्शन गरिरहेको मुम्बई भने ८ अंकसहित नवौं स्थानमा सीमित छ।
मनीष पाण्डेको उत्कृष्ट इनिङ्समा कोलकाताको जित, मुम्बई फेरि पराजित
Leave a Comment
Leave a Comment

