प्रेस काउन्सिल अध्यक्षमा खुला आवेदन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपाल को अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आजदेखि जेठ १८ गतेसम्म दरखास्त दिन सकिने जनाएको हो।
सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गरेपछि नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो। वर्तमान सरकार गठनपछि सञ्चार क्षेत्रका विभिन्न निकायमा नयाँ नेतृत्व चयनको तयारी भइरहेका बेला प्रेस काउन्सिलमा पनि खुला आवेदन आह्वान गरिएको हो।
मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले आवश्यक योग्यता, अनुभव र कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन फारम, आवश्यक कागजात र विस्तृत मापदण्ड मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइने बताइएको छ।
सूचना तथा सञ्चार मन्त्रालय ले निर्धारित समयभित्र आवेदन दिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ।

Leave a Comment