वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : राजेशमान सिंह विरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। नागरिकतासम्बन्धी लिखत किर्ते अभियोगमा अनुसन्धान अघि बढाउँदै अदालतले जेठ ८ गते नै पक्राउ अनुमति दिएको जनाइएको छ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार वीरगञ्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा लिखतसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। अदालतको आदेशपछि प्रहरीले सिंहलाई नियन्त्रणमा लिन कानुनी प्रक्रिया सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेतले पनि नागरिकतासम्बन्धी लिखत कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएको पुष्टि गरेका छन्। घटनापछि वीरगञ्जको राजनीतिक वृत्तमा चर्चा बढेको छ भने समर्थक तथा विपक्षी दलहरूले आ–आफ्नो प्रतिक्रिया दिन थालेका छन्।
यस विषयमा मेयर सिंहको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

Leave a Comment