भारत भ्रमणमा रवि लामिछाने, दिल्लीमा भाजपाका नेताद्वारा स्वागत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।
नयाँ दिल्लीस्थित विमानस्थलमा उनलाई भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंह ले स्वागत गरेका थिए। लामिछाने भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत पुगेका हुन्।
भ्रमणका क्रममा लामिछानेले भारतका विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
उनको भ्रमण टोलीमा पत्नी निकिता पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
लामिछाने नेतृत्वको टोली जेठ २२ गते नेपाल फर्किने कार्यतालिका रहेको छ।

Leave a Comment