काठमाडौं । प्रधानमन्त्री ले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक माहोल थप तातिएको छ। विपक्षी दलहरूले उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि विपक्षी दलहरूको विरोधका कारण सदनको वातावरण फेरि तनावपूर्ण बन्ने संकेत देखिएको छ। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची रहे पनि सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइ नै प्रमुख राजनीतिक मुद्दा बनेको छ।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै “नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी दलहरू आक्रोशित बनेका हुन्।
का सभापति ले प्रधानमन्त्रीको अभिव्यक्तिलाई निन्दनीय र आपत्तिजनक बताएका छन्। त्यस्तै ले पनि उक्त भनाइ राष्ट्रिय हितविपरीत रहेको प्रतिक्रिया दिएको छ।
एमाले महासचिव ले जारी गरेको विज्ञप्तिमा संविधानमा समेटिएको नेपालको आधिकारिक नक्सामाथि नै प्रश्न उठ्ने गरी अभिव्यक्ति आएको उल्लेख गरिएको छ। एमालेले प्रधानमन्त्रीसँग तत्काल माफी माग्नसमेत माग गरेको छ।
, , श्रम संस्कृति पार्टीलगायत अन्य दलहरूले पनि प्रधानमन्त्रीको भनाइप्रति कडा विरोध जनाएका छन्। विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले समेत सडक आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी नमागेसम्म र विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान दोहोर्याएका छन्।
यसैबीच, सत्तारूढ ले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। राजनीतिक विवाद चर्किँदै जाँदा संसद् सञ्चालन र बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् तनावग्रस्त, विपक्षीको कडा अडान
Leave a Comment
Leave a Comment






