पर्सा, जेठ ३१ — पर्साको जगरनाथपुर गाउँपालिका क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। संयुक्त सुरक्षा टोलीले आइतबार खेतमा लुकाइ राखिएको अवस्थामा करिब १०० किलोग्राम गाँजा फेला पारेको हो।
जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोक क्षेत्रमा गरिएको खोजतलासका क्रममा पाँचवटा बोरामा प्याक गरिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा खेतमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त क्षेत्रमा निगरानी तथा खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा लागूऔषध नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद गाँजा कसले राखेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गर्न अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले लागूऔषध ओसारपसार तथा भण्डारणमा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ। बरामद गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा राखिएको छ।
पर्सामा खेतमा लुकाइ राखिएको १०० किलो गाँजा बरामद
Leave a Comment
Leave a Comment






