हाइटीविरुद्ध ब्राजिलको दबदबा, पहिलो हाफमै ३ गोलको अग्रता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीविरुद्धको खेलमा ब्राजिलले शानदार प्रदर्शन गर्दै पहिलो हाफमै ३–० को अग्रता बनाएको छ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलका लागि म्याथियस कुन्हा ले दुई गोल गरे भने भिनिसियस जुनियर ले एक गोल थपे।
खेलको २३औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता २–० बनाए।
पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई ३–० को बलियो स्थितिमा पुर्‍याए।
यसअघि १२औँ मिनेटमा राफिन्हा ले गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन।
पहिलो हाफभर ब्राजिलले खेलमा पूर्ण नियन्त्रण राख्दै हाइटीमाथि लगातार दबाब बनाएको थियो। समूह चरणको पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्यान्डसँग पराजित भएको थियो।

Leave a Comment