रास्वपा महाधिवेशन : निर्वाचन तालिका सार्वजनिक, नेतृत्व चयनको प्रक्रिया सोमबारदेखि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। महाधिवेशनले विधान संशोधनसँगै नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने तयारी गरेको छ।
रास्वपाले नेतृत्व चयनका लागि तय गरेको निर्वाचन तालिका अनुसार प्रतिनिधिको अन्तिम सूची प्रकाशनदेखि मतदान र मतपरिणाम घोषणासम्मका प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइनेछ।
रास्वपा महाधिवेशन निर्वाचन तालिका
प्रतिनिधिको नामावलीमाथि दाबी–विरोध र सच्याउने समय : आइतबार बिहान ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्म
अन्तिम प्रतिनिधि सूची प्रकाशन : सोमबार बिहान १० बजे
केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता : सोमबार
उम्मेदवारमाथि दाबी–विरोध तथा उम्मेदवारी फिर्ता : उम्मेदवारी दर्तापछि तोकिएको समयभित्र
अन्तिम उम्मेदवार सूची प्रकाशन : सोमबार नै
मतदान प्रक्रिया : ४ हजारभन्दा बढी प्रतिनिधिबाट विद्युतीय प्रणालीमार्फत
मतदान माध्यम : चितवनमा रहेका प्रतिनिधिले इलेक्ट्रोनिक भोटिङ मेसिनबाट, प्रवासका प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्ने
पहिलो चरणको मतदान : सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि
पदाधिकारी चयन : निर्वाचित केन्द्रीय सदस्यबाट प्रक्रिया अघि बढाइने
रास्वपाको नयाँ नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति बन्नेछ। जसमा ९९ जना सदस्य निर्वाचनबाट आउनेछन् भने सभापतिले ५० जना सदस्य मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सभापति पदमा रवि लामिछाने एकल उम्मेदवार बन्ने सम्भावना रहेकाले उनी निर्विरोध निर्वाचित हुन सक्ने अनुमान गरिएको छ। महाधिवेशनले पार्टीको आगामी नेतृत्व र संगठनको दिशा तय गर्ने भएकाले निर्वाचन प्रक्रियालाई महत्वका साथ हेरिएको छ।

Leave a Comment