भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनको प्रदेशगत मतपरिणाम सार्वजनिक भएको छ। भूगोल समूहअन्तर्गत भएको निर्वाचनमा विभिन्न प्रदेशका उम्मेदवारले प्राप्त गरेको मत विवरण सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार कोशी प्रदेशबाट निशा मेहताले सबैभन्दा धेरै १ हजार ८६१ मत प्राप्त गरेकी छन्। त्यस्तै विश्वराज पोखरेलले १ हजार ४६० र शोभा कार्कीले १ हजार २०४ मत पाएका छन्।
मधेश प्रदेशतर्फ सुष्मा बस्नेतले सर्वाधिक १ हजार ४१८ मत ल्याएकी छन्। सरिता चौधरीले १ हजार २८० र नमिता यादवले १ हजार ११९ मत प्राप्त गरेका छन्।
बागमती प्रदेशमा प्रभा ढकालले १ हजार ५१३ मतसहित अग्रता लिएकी छन् भने विदुसी राणाले १ हजार ३१० मत पाएकी छन्।
गण्डकी प्रदेशमा पवित्रा थापाले १ हजार ४२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन्। मनिष खनालले १ हजार १२ मत ल्याएका छन्।
लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले सबैभन्दा धेरै १ हजार १०७ मत प्राप्त गरेकी छन्। त्यस्तै संगीता ढकालले १ हजार ९२ मत पाएकी छन्।
कर्णाली प्रदेशमा सीता वादीले १ हजार ७५१ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकी छन्। विनिता कठायतले १ हजार ५०० मत प्राप्त गरेकी छन्।
सुदूरपश्चिम प्रदेशमा केपी खनालले १ हजार ८४० मत प्राप्त गरेका छन्। त्यस्तै हेमराज थापाले २ हजार ३० मत प्राप्त गरेका छन्।
रास्वपाले यो निर्वाचन विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न गरेको जनाएको छ। सार्वजनिक भएको मतपरिणाम विद्युतीय मतदान मेसिनबाट आएको परिणाम भएको र प्रवासबाट ४० जनाले अनलाइनमार्फत मतदान गरेको जनाइएको छ।
रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रदेशगत मतपरिणाम सार्वजनिक, को कहाँ अगाडि?
Leave a Comment
Leave a Comment






