रास्वपा निर्वाचनमा २३ सय मत खस्यो, मतदान गर्न रवि लामिछाने पुग्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा बिहानसम्म २ हजार ३ सय मत खसेको छ।
मध्यरातिदेखि सुरु भएको मतदान विद्युतीय भोटिङ मेसिनमार्फत जारी रहेको छ। पार्टी सभापति रवि लामिछाने पनि केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि मतदान गर्न केन्द्रतर्फ आउँदै छन्।
निर्वाचन आयोगका अनुसार कुल करिब ३ हजार ८ सय मत खस्ने अनुमान गरिएको छ। चितवनस्थित उद्योग संघको हलमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।
विदेशमा रहेका प्रतिनिधिका लागि भने मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको रास्वपाले जनाएको छ।
यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। अब केन्द्रीय सदस्यको टुंगो लागेपछि पार्टीका अन्य पदाधिकारी चयनका लागि निर्वाचन हुने बताइएको छ।

Leave a Comment