रास्वपा केन्द्रीय सदस्यको निर्वाचन राति साढे १० बजेदेखि, बिहान १० बजेसम्म मतदान हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचनको नयाँ समय तय गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले बुधबार राति साढे १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म मतदान हुने जनाएको छ।
निर्वाचन समितिले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो। यसअघि पटक–पटक निर्वाचनको समय तालिका परिवर्तन हुँदै आएको थियो।
रास्वपाको केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। मतदानका लागि विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी निर्वाचित केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरिने बताइएको छ।

Leave a Comment