तीस देखि चालीस हजार असुल : गुनस्तरहिन आवास निर्माण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

पुर्वाधार बिकास कार्यालय बारा अन्तर्गतको निधि निवास कार्यक्रममा चरम लापरबाही देखिएको छ । तीन बर्ष लगाएर घर निर्माण भएपनी घरको छानो नभएपछि दलितको लागि बनाईएको घर अलपत्र अवस्थामा परेका छन ।

महागढीमाई नगरपालिका १ स्थित दलित बस्तिमा निधि निवास कार्यक्रम अन्तर्गत स्थानीय ८ जनाको घर निर्माणको जिम्मेवारी लिइएका ठेकेदार श्याम ओभरसियरको लापरबाहीले स्थानीयहरु सास्ती खेप्नु परेको छ । महागढीमाई नगरपालिकामा प्राबिधिक फांटमा कार्यरत ओभरसियर श्याम जैसवाल उनी आफै कर्मचारी र आफै ठेक्कामा निर्माणकार्य गर्दै आएको रहस्य खुलेको छ । महागढीमाई नगरपालिका १ निवासी रामलखन राम , प्रेमी राम चमार , गिरजा ,बैधनाथ महतो लगायत ८ जना संग शुरु मै प्रत्येक जना संग ३० देखि ४० ४० हजार सम्म रकम ठेकेदार श्याम जैसवालले लिइएका छन । तरपनी उनीहरुको घर निर्माणकार्य समयमा नबनेपछी बाध्य भएर महिलाहरु महागढीमाई नगरपालिकामा गुनासो लिएर पुगेको स्थानीय रामलखन राम बताउछन् । दलित बस्तिको घर निर्माणकार्य गुनस्तरहिन ,दुई नम्बर ईट प्रयोग गरिएको आरोप लागेको छ । पुर्वाधार बिकास कार्यालय बाराले गरिब , असहाय ,दलित बस्तीको नाममा आवास निर्माण गर्ने प्रावधान रहेपनी ठेकेदारले स्थानीय संग मोटो रकम संकलन गरेको रहस्य बाहिर आएका छन । महागढीमाई नगरपालिका अन्तर्गतको वडा ४ दहियारमा समेत ठेकेदारको लापरबाहीले स्थानीय असहायको घर निर्माणकार्य बिगत ४ बर्षदेखी अलपत्र रहेका स्थानीय नितु जैसवालले बताए ।

Leave a Comment