काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत गरेका छन्।
आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले पश्चिम एसियाको तनाव कम हुँदै गएकाले इन्धनको मूल्यमा समेत राहत आउने बताएका हुन्।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिसके पनि त्यसको प्रभाव नेपालसम्म आइपुग्न केही समय लाग्नेछ। नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले मूल्य समायोजनमा समय लाग्ने उनको भनाइ छ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको छ, तर त्यसको असर आयात प्रक्रिया हुँदै नेपालमा देखिन केही समय लाग्छ,’ मन्त्री वाग्लेले भने।
उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धिबाट उपभोक्तालाई परेको भार कम गर्न करमा समेत छुट दिएको दाबी गरे। उनका अनुसार पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा डिजेल–पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको छ।
पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत, ‘अन्तर्राष्ट्रिय बजारको प्रभाव आउन केही समय लाग्छ’ : अर्थमन्त्री वाग्ले
Leave a Comment
Leave a Comment






