१४ बैशाख, कलैया : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मापदण्ड विपरीत संचालित अस्पताल बन्द गर्न निर्देशन दिएको १२ घन्टा नबित्दै कलैयाका नगर प्रमुख बिनोद साहले अस्पताल खोल्न निर्देशन दिएका छन ।
नगर प्रमुख साहको निर्देशनसँगै दिएसंगै मुख्य मन्त्रीले बन्द गराएको सबै अस्पतालहरु भने सुचारु भएको छ ।
कलैया उपमहानगरपालिकाले बन्द गरिएको अस्पतालहरुलाई संचालन गर्नका लागि स्थानिय स्यात शासन ऐन २०७४ अनुसार अस्पताल संचालन गर्नका लागि अनुमति दिएकोमा आफुहरुलाई मुख्य मन्त्री सिंहले अनुगमनमा देखिएको कमी कमजोरी कुन कुन अस्पतालको के के कमी कमजोरी रहयो त्यसको समन्वय समेत नगर्दा कलैया उपमहानगरपालिकाले १५ वेडको अस्पताल संचालनका लागि दिएको ईजाजत अनुसार नै अस्पताल संचालन गर्नका लागि बन्द गरिएको १२ वटै अस्पताललाई संचालन गर्न चिठी दिएको नगरप्रमुख साहले भने । अस्पताल संचालन नगरिए अस्पतालको अनुमति खारिजी गर्ने समेत पत्र मार्फत दिएको छ ।
स्थानिय तह वा स्थानिय तहले तोकेको सो तहको निकायले ईजाजतपत्र दिने र नवीकरण गर्ने प्रावधान अनुसार स्वास्थ्य क्लिनिक, आयुर्वेद क्लिनिक, सोवारिग्पा (आम्ची ) क्लिनिक, होमियोप्याथी र यसै प्रकारको अन्य क्लिनिकहरु संचालन गर्न भनिएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले जानकारी दिए ।
परिक्षणका लागि ३, ६, र १२ महिना सम्मका लागि मात्र निजी अस्पतालहरुलाई केन्द्र सरकारको मातहतमा रही संचालनका लागि अनुमति दिएको नगरप्रमुख साहले बताउनुभयो ।
कलैया प्रदेशिक अस्पतालमा शनिवार विदाका दिन कर्मचारीहरुलाई पुर्व जानकारी दिई लथालिग अवस्थामा रहेको कलैया अस्पताल आफनो क्षेत्रा अधिकार हुदा सुधार गर्न नसक्ने तर स्थानिय सरकारले निजी अस्पतालहरुलाई दिएको अनुमतिलाई क्षेत्रा अधिकार बाहिर गएर धम्की पुर्ण शैलीमा बन्द गराउनु र तिनका संचालहहरुलाई आफनो निजी नम्बर दिएर जनकपुरमा मलाई फौन गरेर भेटन आउनु भन्ने सम्मको कुरा गर्नु कति जायज हो नगरप्रमुख साहले प्रशन समेत गरे ।
फिजियो थेरापी केन्द्र, पुर्नस्थापना केन्द्र, प्राकृतिक उपचार केन्द्र, अकुपंन्चर, अकुप्रेसर, युनानी उपचार केन्द्र, योग ध्यान तथा शारिरिक ब्यायाम केन्द्र, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिक तथा सेवा केन्द्र , जोरियाट्रिक परामर्श केन्द्र, डि र ई वर्गको प्रयोगशाला र १५ शैयाको अस्पताल सहित ७३ संस्थालाई वटालाई संचालन गर्नका लागि कलैया उपमहानगरपालिकाले निजी अस्पताल, अस्पताल तथा क्लिनिकहरुलाई आदेश दिएको छ ।
बन्द गरिएका अस्पतालहरुमा समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटललाई संचालन गर्न चिठी दिएको नगरप्रमुख साहले जानकारी दिए ।
हिजो मुख्यमन्त्री सिंहले अनुगमनपछि मापदण्डविपरीत शल्यक्रिया (सर्जरी सेवा), आकस्मिक कक्ष तथा नवजात शिशुहरूको आकस्मिक सेवा (एनआईसियु ) सञ्चालन गरिरहेकाले बन्द गर्न निर्देशन दिएको थियो ।
मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पब्लिक हेल्थ अफिसर एवं अस्पताल अनुगमन समिति सदस्य सचिव सन्तोष कुमार ठाकुरका अनुसार सबै अनुगमन गरिएका अस्पतालहरू मापदण्ड उल्लङ्घनमा संलग्न पाइएको बताएका थिए ।
१५ शैयाको अनुमति लिएर २५ शैयाको सेवा सञ्चालन गर्नु, पूर्वाधार र दक्ष जनशक्ति बिना आकस्मिक सेवा सञ्चालन गर्नु गम्भीर अपराध भएको शनिवार अनुगमन पछि पत्रकारहरुसंगको कुरामा उनले जानकारी दिए ।
गत माघ २५ गतेदेखि प्रदेशभरि निजी अस्पतालहरूको अवस्था बुझ्न सुरु गरिएको अभियान अन्तर्गत अहिलेसम्म १९२ वटा निजी अस्पताल अनुगमन भइसकेको ।
तीमध्ये १३४ वटाले मापदण्ड उल्लङ्घन गरेको पाइएको अस्पताल अनुगमन समितिका सदस्य सचिव ठाकुरले बताउदै हाल सम्म बारा जिल्लाको निजगढ र कलैयामा २१ वटा निजि अस्पतालको अनुगमन गरेको समेत भन्नुभयो ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसंग नगरप्रमुख साहले बन्द भएको अस्पताललाई संचालन गर्नका लागि दिएको चिठीको बिषयमा बुझदा वहाँले मुख्य मन्त्री सिंहले कार्यवाही गरेको अस्पतालहरुको बारेमा उहााबाट जानकारी नभई संचार माध्यमबाट आफुले थाए पाएको मौनता प्रकट गर्दै प्रजिअ अधिकारीले नगरप्मुख साहले अस्पताल खुलाएको बिषय पनि संचार माध्यमबाट नै थाह भएको हुदा आफुलाई मुख्य मन्त्रीको कार्यालयबाट लिखित निर्देशन नआए सम्म यस बिषयमा केही बोल्न नसक्ने बताउनुभयो ।

