काठमाडौँ । गाली बेइज्जतीसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँले राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैदको फैसला सुनाएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मिश्रलाई चार महिना कैदसँगै १ हजार रुपैयाँ जरिवाना र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने आदेश गरेको हो।
अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठअनुसार राजधानी दैनिक पत्रिकालाई पनि २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरिएको छ।
राजधानी दैनिकले २०८० साल साउन ६ गते प्रकाशित गरेको ‘सेनाका कानुनतर्फका तीन कर्नेलको मनपरी’ शीर्षकको समाचारले आफ्नो चरित्रमा असर पुर्याएको भन्दै शोभा कार्कीले गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन्।
सोही मुद्दाको सुनुवाइपछि अदालतले समाचार प्रकाशनसँग सम्बन्धित पक्षलाई दोषी ठहर गर्दै उक्त फैसला गरेको हो।
राजधानी दैनिक र तत्कालीन सम्पादक मिश्रविरुद्ध गाली बेइज्जती मुद्दामा फैसला, चार महिना कैद
Leave a Comment
Leave a Comment






