नेशनल मेडिकल कलेज वीरगन्जमा छापा : एमडी सहनवाज र संजय साह पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 189
पढ्न लाग्ने समय : 1 मिनेट

२६ चैत, वीरगन्ज : वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a comment