रास्वपाका नयाँ नेतृत्वले लिए शपथ, पहिलो बैठकबाट आयोगको जिम्मेवारी तोकियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिएका छन्।
पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नयाँ निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
रास्वपाको पहिलो महाधिवेशनबाट असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको निर्वाचन प्रक्रियामार्फत ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
शपथ समारोहपछि सभापति लामिछानेले निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए।
यसैबीच, शपथपछि बसेको पार्टीको पहिलो केन्द्रीय समिति बैठकले विभिन्न आयोगको जिम्मेवारीसमेत टुंगो लगाएको छ। बैठकले निर्वाचन आयोग र लेखा आयोगको नेतृत्वमा रहेका पुरानै सदस्यलाई निरन्तरता दिने निर्णय गरेको छ भने अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ।
रास्वपाको लेखा आयोग प्रमुखमा अभिषेक घिमिरे र निर्वाचन आयोग प्रमुखमा भुवन केसी रहेका छन्

Leave a Comment