काठमाडौं । मनसुनी वायुको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहेको छ भने केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।
महाशाखाले दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
काठमाडौंमा पनि वर्षाको सम्भावना
मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा आज मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ। बिहान बदली रहेको भए पनि दिउँसो पुनः बादल बढेर हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
पाँच जिल्लामा बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाले आज कञ्चनपुर, कैलाली, रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
यी जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित आकस्मिक बाढीबाट जोगिन आवश्यक सावधानी अपनाउन भनिएको छ।
तीन प्रदेशमा भारी वर्षाको सम्भावना, पाँच जिल्लामा बाढीको जोखिम
Leave a Comment
Leave a Comment






