सर्लाही, असार २६ – सर्लाहीको गौडेता नगरपालिका–१० का एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि गम्भीर घाइते भएका छन्।
शुक्रबार ३५ वर्षीय विवेक मण्डल ले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी उपचारको व्यवस्था गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मण्डलको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। यसका लागि हेलिकोप्टरमार्फत उद्धारको व्यवस्था मिलाइएको उनले बताए।
घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घाइतेको उपचारलाई प्राथमिकतामा राख्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घाइतेलाई शीघ्र काठमाडौं पुर्याउन स्थानीय प्रशासनले आवश्यक समन्वय गरेको छ। सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहले पनि हेलिकोप्टर व्यवस्थापनका लागि पहल गरिएको जानकारी दिएका छन्।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन परिवारका सदस्य तथा स्थानीयसँग बुझ्ने काम भइरहेको जनाएको छ।
सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास, गम्भीर घाइते
Leave a Comment
Leave a Comment






