एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, संगठन विस्तार मुख्य एजेन्डा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४पुस,काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो औपचारिक बैठक आज बस्दैछ। पार्टी स्रोतका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना हुनेछ।

बैठकमा पार्टीको भावी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे गहन छलफल हुने बताइएको छ। विशेषगरी पोलिटब्यूरो र स्थायी कमिटी गठनलगायतका महत्वपूर्ण संरचनात्मक निर्णय बैठकको प्रमुख एजेन्डामा रहनेछन्।

हालै सम्पन्न महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको हो। नयाँ नेतृत्व चयनसँगै पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने विषयमा आजको बैठक निर्णायक हुने नेताहरूको भनाइ छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागितामा बस्ने यो बैठकले एमालेको आगामी रणनीति र संगठनात्मक स्वरूप स्पष्ट गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment