जनकपुरधाम, साउन १५ — धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ।
मृतक हँसपुर नगरपालिका–३ मलहनियाका करिब ४५ वर्षीय बन्ठु राउत गडेरी रहेको प्रहरीले जनाएको छ। उनी केही समयदेखि रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका थिए।
प्रहरीका अनुसार बिहीबार राति अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गडेरीको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न व्यक्तिको पहिचान तथा घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धानलाई तीव्र बनाइएको जिल्ला प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले दोषीको खोजीका लागि आवश्यक अनुसन्धान र खोजतलास जारी राखेको जनाएको छ।
धनुषाको सबैलामा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या
Leave a Comment
Leave a Comment

