बाँके, साउन २० — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित एक इँट्टा भट्टामा भएको दुर्घटनामा दुई मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार न्यु किसान इँट्टा भट्टाको पर्खाल अचानक भत्किँदा काम गरिरहेका मजदुरहरू च्यापिएका थिए। दुर्घटनामा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार साउन १८ गते भएको उक्त दुर्घटनापछि उपचाररत रहेका कोरीको बुधबार बिहान करिब ३:३० बजे उपचारकै क्रममा मृत्यु भएको हो। यससँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
मृतक लोधको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ। यस्तै, कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
बाँकेमा इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको ज्यान गयो
Leave a Comment
Leave a Comment

