काठमाडौँ । तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता ६५ वर्षीय किरण सिंह आइतबार मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार सिंहको शव कपिलवस्तुको गोरुसिंगे जंगलमा आइतबार दिउँसो फेला परेको हो।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नो घरबाट बाहिरिएका थिए। त्यसपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा आएका थिएनन्।
खोजीका क्रममा उनले प्रयोग गर्दै आएको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्रको जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल भेटिएपछि प्रहरीले खोजीलाई तीव्रता दिएको थियो। सोही क्रममा जंगल क्षेत्रमा सिंहको शव फेला परेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। सिंहको मृत्युको कारणबारे भने प्रहरीले तत्काल केही खुलाएको छैन।
कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला
Leave a Comment
Leave a Comment

