दरबारमार्गको लिक्विड लाउन्ज बारमा भीषण आगलागी, आठ घण्टापछि नियन्त्रणमा

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको भीषण आगलागी आठ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ।

आइतबार बिहान लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको हो। घटनामा मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लिक्विड लाउन्ज बारमा अचानक आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा नियन्त्रणमा लिन सुरक्षाकर्मी र दमकलकर्मीलाई लामो समयसम्म प्रयास गर्नुपरेको थियो।

प्रहरीका अनुसार आगो नियन्त्रणमा लिन बारका केही संरचना भत्काउनुपरेको थियो। आगलागीबाट भएको भौतिक क्षतिको विवरण संकलन तथा मूल्यांकन गर्ने काम भइरहेको छ।

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment