किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई म्याद थपका लागि प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएको थियो।
अदालतले घटनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको समय दिएको हो। अदालतको आदेशपछि श्रेष्ठलाई प्रहरी हिरासतमा राखिएको छ।
श्रेष्ठमाथि लागेको आरोपबारे प्रहरीले अनुसन्धान अघि बढाउनेछ। अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा प्रहरीले थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

Leave a Comment