रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै सम्पर्कविहीन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — रसुवामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कमा आउन सकेका छैनन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ६२६ जनाको शव फेला परेको हो।

प्राधिकरणको विवरणअनुसार बाढीपछि २ हजार ४२६ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।
बाढीमा परी घाइते भएका १०१ जना विभिन्न अस्पतालमा उपचाररत रहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण रसुवामा ठूलो मानवीय क्षति भएको छ भने अझै धेरै व्यक्ति सम्पर्कविहीन रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।

Leave a Comment