न्युकासलमाथि ४–१ को जित निकाल्दै लिड्स तेस्रो स्थानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ ३० । लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ४–१ गोलले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

एलान रोडमा भएको खेलमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता बनाएको थियो। न्युकासलका लेविस मिलेको आत्मघाती गोलपछि लिड्सका लागि जेयडेन बोग्ले, डोमिनिक क्लाभर्ट–लेविन र नोह ओकफरले एक–एक गोल थपे।

खेलको अन्त्यतिर न्युकासलका बाजोमन टुरेले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

जितसँगै लिड्सले चार खेलबाट आठ अंक जोडेको छ। टोली नयाँ सिजनमा अहिलेसम्म अपराजित छ। लिड्सभन्दा अगाडि आर्सनल र म्यानचेस्टर सिटी रहेका छन्।

न्युकासलका लागि भने यो सिजनको पहिलो हार हो। चार खेलबाट पाँच अंक जोडेको न्युकासल अंक तालिकाको १२औँ स्थानमा छ।

Leave a Comment