चुनावको बिदामा पनि वित्तीय सेवा निरन्तर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २०, २०८२ (बुधबार) :निर्वाचन आयोगले  प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै बैंक तथा वित्तीय सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको जनाएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनका कारण सरकारले तीन दिन सार्वजनिक बिदा दिएको भए पनि निर्वाचनसम्बन्धी वित्तीय कारोबारमा असर नपरोस् भन्ने उद्देश्यले आवश्यक संयन्त्र सक्रिय पारिएको आयोगले स्पष्ट पारेको छ।

आयोगको निर्णयअनुसार मार्फत राजस्व दाखिला र भुक्तानी निकासाको व्यवस्था मिलाइएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट निर्वाचनसँग सम्बन्धित खर्च भुक्तानी, राजस्व संकलनलगायतका सेवा सञ्चालन हुने जनाइएको छ।

यस्तै, ले सरकारी कारोबार गर्ने एजेन्सी बैंकहरू तथा राजनीतिक दल र उम्मेदवारका प्रचारप्रसार खातासम्बन्धी बैंक तथा वित्तीय संस्थालाई रकम दाखिला र भुक्तानी सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। आवश्यक प्राविधिक जनशक्ति खटाएर प्रणाली निर्वाध रूपमा सञ्चालन गरिने आयोगले जनाएको छ।

तर, मतदानको दिन मुलुकभर एकैपटक मतदान हुने भएकाले सामान्य बैंकिङ सेवा भने सञ्चालन नहुने बताइएको छ। आयोगका प्रवक्ता का अनुसार मतदानपछि भोलिपल्ट फागुन २२ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरू नियमित रूपमा सञ्चालनमा आउनेछन्।

Leave a Comment