इरानमाथि अमेरिकाको पुनः प्रहार, लाराक द्वीपका सैन्य संरचना ध्वस्त पार्ने दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ १५ — अमेरिका र इरानबीचको तनाव पुनः सतहमा आएको छ। अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ राख्ने तथा रकेट आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा अमेरिकी सेनाले कारबाही गरेको हो।
यो घटना जुलाईपछि इरानविरुद्ध अमेरिकाले गरेको पहिलो ज्ञात सैन्य कारबाही भएको बताइएको छ।
अमेरिकी हमलापछि आईआरजीसीले केही व्यक्तिको मृत्यु तथा केही घाइते भएको दाबी गरेको छ। उसले अमेरिकालाई उक्त कारबाहीको जवाफ दिने चेतावनीसमेत दिएको छ।
यसबीच इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनस्थित अमेरिकी सैन्य प्रतिष्ठानलाई निशाना बनाएको दाबी गरेका छन्। उक्त दाबीबारे अमेरिकी सेन्ट्रल कमान्डबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

जोर्डनको सेनाले भने आफ्नो हवाई सुरक्षा प्रणालीमार्फत देशको हवाई क्षेत्रमा प्रवेश गरेका आठ क्षेप्यास्त्रलाई रोकेको जनाएको छ।
जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सञ्चालन भइरहेको सैन्य अभियान रोकिएको घोषणा गरेका थिए। त्यसपछि भएको पछिल्लो अमेरिकी कारबाहीले दुई देशबीचको तनाव फेरि बढ्न सक्ने संकेत गरेको छ।

विशेषगरी होर्मुज जलडमरूमध्यमा थप सैन्य गतिविधि बढेमा विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्गमा सुरक्षा चुनौती उत्पन्न हुन सक्ने आशंका गरिएको

Leave a Comment