कलैयामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

बारा, भदौ २८ । बाराको कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबार राति कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर०५एभी ६१३६ नम्बरको

भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा भारतीय मोटरसाइकलका चालक कलैया–४ अदालत रोड निवासी ३५ वर्षीय साहेब देवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि

परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलका चालक करैयामाई गाउँपालिका–७ निवासी ३५ वर्षीय डिके चौधरी र पछाडि सवार १६ वर्षीय अन्जित चौधरी घाइते भएका छन्।
घाइते दुवै जनाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Comment