राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।

बाढीबाट भएको क्षति र प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुग्न लागेका हुन्।

शीतलनिवासका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटस्थित मैथिली ब्यारेक पुग्नेछन्। त्यसपछि उनी नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा पुगेर क्षतिको अवलोकन गर्नेछन्।

स्थलगत निरीक्षणपछि राष्ट्रपति पौडेल होल्डिङ सेन्टरमा पुग्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्नुका साथै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिनेछन्।

रसुवामा बाढी आएको १३औँ दिन राष्ट्रपति पौडेल प्रभावित क्षेत्रको निरीक्षणमा जान लागेका हुन्। बाढी आएको १३ दिन पुगेको अवसरमा सरकारले सोमबार देशभर राष्ट्रिय शोक मनाउने निर्णयसमेत गरेको छ।

 

Leave a Comment