प्रधानमन्त्री बालेनको सन्देश : ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौँ, भदौ २३ — प्रधानमन्त्री बालेन्द्र शाहले देशमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेनजी शहीद दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

“प्रिय जेनजी, सुशासन कायम हुने नै छ,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले जेनजी आन्दोलनका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै देशमा सुशासन कायम हुने विश्वास दिलाएका छन्।
जेनजी दिवसका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ।

Leave a Comment