जेनजी सहिदहरूको स्मृतिमा कलैयामा दीप प्रज्वलन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त वीर सहिदहरूको स्मृतिमा जेनजी युथ अफ बाराले कलैयास्थित भरत चोकमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा कलैयाका युवाहरूले दीप प्रज्वलन गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति सम्मान व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागी युवाहरूले सहिदहरूको योगदानको स्मरण गर्दै उनीहरूको बलिदानलाई सधैँ सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सहिदहरूको सपना र आन्दोलनका उद्देश्यलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

दीप प्रज्वलन कार्यक्रममा कलैयाका युवाहरूको सहभागिता रहेको थियो ।

Leave a Comment