मन्तव्यको विषयमा विवाद भएपछि शिक्षामन्त्री पोखरेल कार्यक्रमबाट बाहिरिए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सिरहा, भदौ २७ — कार्यक्रममा कसलाई मन्तव्य राख्न दिने भन्ने विषयमा विवाद उत्पन्न भएपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन्।

सिरहाको औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री पोखरेलले मञ्चबाट सम्बोधन गरिरहेका बेला आफ्नै दलका स्थानीय नेता–कार्यकर्ताले मन्तव्यको अवसर नदिएको भन्दै विरोध जनाएका थिए।

स्थानीय नेता–कार्यकर्ताले कार्यक्रम व्यवस्थापन तथा पार्टी नेतृत्वसँग समन्वय नगरिएको भन्दै असन्तुष्टि जनाएपछि केहीबेर कार्यक्रमस्थलमा होहल्लासमेत भएको थियो। अवस्था असहज बन्दै गएपछि मन्त्री पोखरेलले आफ्नो सम्बोधन बीचमै रोकेर कार्यक्रमस्थल छाडेका हुन्।
घटनापछि सामाजिक सञ्जालमा मन्त्री पोखरेललाई कार्यक्रमबाट ‘लखेटिएको’ दाबीसमेत गरिएका छन्। तर, उपलब्ध विवरणअनुसार कार्यक्रममा मन्तव्यको विषयलाई लिएर विवाद र विरोध भएपछि मन्त्री आफैं कार्यक्रमस्थलबाट बाहिरिएका हुन्।

Leave a Comment