काठमाडौं, भदौ ३१ । गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्याय ‘बैंकिङ सीईओ अफ द इयर २०२६’ उपाधिबाट सम्मानित भएका छन्।
सिजन मिडियाद्वारा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को सातौँ संस्करणअन्तर्गत उपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो।
बैंकिङ क्षेत्रमा पुर्याएको योगदान, व्यावसायिक दक्षता तथा कुशल नेतृत्वको कदरस्वरूप उनलाई ‘बैंकिङ सीईओ अफ द इयर २०२६’ को सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
गरिमा विकास बैंकको नेतृत्व गर्दै बैंकिङ सेवा विस्तार, संस्थागत विकास तथा वित्तीय क्षेत्रमा पुर्याएको योगदानका आधारमा उपाध्यायलाई सम्मान गरिएको बताइएको छ।
सम्मान प्राप्त गरेपछि उपाध्यायलाई बैंकिङ क्षेत्रका सहकर्मी, शुभेच्छुक तथा विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

