ऐतिहासिक १०००औँ विश्वकप खेलमा जापानको दबदबा, ट्युनिसियाविरुद्ध पहिलो हाफमै २ गोल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । फिफा विश्वकप इतिहासको १०००औँ खेलमा जापानले शानदार प्रदर्शन गर्दै ऐतिहासिक क्षणलाई यादगार बनाएको छ। समूह ‘एफ’ अन्तर्गत ट्युनिसियाविरुद्धको खेलमा जापानले पहिलो हाफमै २–० को अग्रता बनाएको हो।
मेक्सिकोको मोन्टेरे स्टेडियममा जारी खेलको चौथो मिनेटमै जापानका मिडफिल्डर दाइची कामादाले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। आक्रामक खेल प्रस्तुत गरेको जापानका लागि ३१औँ मिनेटमा अयासे उएडाले गोल थप्दै अग्रता दोब्बर बनाए।
ट्युनिसियाले खेलमा फर्किने प्रयास गरे पनि जापानी रक्षापंक्तिलाई चिर्न सकेन। पहिलो हाफसम्म जापानले खेलमा पूर्ण नियन्त्रण कायम राखेको थियो।
फिफा विश्वकपको १०००औँ खेल भएकाले यो खेललाई विशेष महत्व दिइएको छ। ऐतिहासिक अवसरलाई थप विशेष बनाउन खेल सञ्चालन गर्ने रेफ्रीहरूले १००० अंकित सुनौलो स्ट्राइप भएको विशेष जर्सीसमेत लगाएका छन्।

Leave a Comment