पूर्वी नवलपरासीमा यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु, १३ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज १७ — पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

शनिबार बिहान करिब ४ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत एस मोडमा नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार तीव्र मोडमा बस चालकले नियन्त्रण गुमाएपछि बस सडकबाट तल खसेर नालामा पल्टिएको थियो। दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य सञ्चालन गरिएको थियो।

घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनामा मृत्यु हुनेको संख्या र मृतकहरूको पहिचानबारे प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ।

Leave a Comment