पत्रकार धम्क्याउने घटनाको महासंघद्वारा विरोध

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

५ बैशाख,बारा: बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैसवालले पत्रकार नरेश गुप्तालाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघलेब घोर आपत्ति जनाएको छ ।

महासंघका सचिव पुष्पराज खतिवडाले आज विज्ञप्ति मार्फत पत्रकार धम्क्याउने घटनाको विरोध गरेका हुन ।

समाचारको बिषयलाई लिएर अधिकृत जयसवालले पत्रकार गुप्तालाई धम्की र दुर्व्यवहार गरेकोमा महासंघले आपत्ति जनाएको हो ।
समाचारप्रति चित नबुझे सम्बन्धित निकाए हुँदहुँदै अधिकृत जैसवालको धम्कीपुर्ण अभिव्यक्ति आउनु प्रेस स्वतन्त्रता लाई कुण्ठित पार्ने काम भएको प्रति महासंघ बाराले आपत्ति जनाएको छ ।

Leave a Comment