बारामा प्रहरीद्वारा चांँदीको गहना बरामद

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१० बैशाख,बारा: बाराको पथलैया बाट प्रहरीले ६ किलो अबैध चाँदीको गहना बराद गरेको छ ।
बाराबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले चाँदीको गहना बरामद गरेको हो ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको नेतृत्वमा खटेको टोलीले मंगलबार साँझ करिब ५:३० बजे जितपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा बा.प्र.३–२५६ नम्बरको यात्रुबाहक बसबाट चाँदीको गहना बरामद गरेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराए ।

बरामद गहनाको बारेमा आवश्यक अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Comment