आज जानकी नवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

बिश्व खबर
पढ्न लाग्ने समय : 0 मिनेट

२३ वैशाख, जनकपुरधाम :  आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।
जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Leave a Comment