निजगढसहित बाराका स्थानीय तहमा शिक्षकको ६/६ महिनामा म्याद थप गर्ने प्रवृत्ति रोक्न माग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज १२-नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति बाराले जिल्लाका स्थानीय तहले शिक्षक व्यवस्थापनका नाममा गर्दै आएको सरुवा, स्थानान्तरण तथा करार म्याद थपसम्बन्धी कार्यप्रति ध्यानाकर्षण गराएको छ।
संघले शिक्षा ऐन जारी हुने प्रक्रिया अघि बढिरहेको अवस्थामा स्थानीय तहले आफूखुसी शिक्षकसम्बन्धी निर्णय गर्न नहुने भन्दै तत्काल यस्ता कार्य रोक्न माग गरेको हो।

संघले विशेषगरी निजगढ नगरपालिकासहित बाराका विभिन्न स्थानीय तहमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीको म्याद पटक–पटक ६/६ महिनाका लागि थप गर्ने गरिएको विषय उठाएको छ। लामो समयदेखि सेवा गरिरहेका शिक्षक तथा कर्मचारीलाई स्थायित्व दिनुको सट्टा हरेक ६ महिनामा करार अवधि थप गर्ने प्रक्रियाले उनीहरूमा मानसिक तनाव र अन्योल सिर्जना गरेको संघको भनाइ छ।
पत्रमा निजगढ नगरपालिकामा समेत ६/६ महिनामा करारको

म्याद थप गर्ने व्यवस्था रहेको र यसबाट शिक्षकहरूलाई अनिश्चितताको अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। संघले यस्तो व्यवस्थाले शिक्षकको पेसागत सुरक्षामा असर पार्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत प्रभाव पार्न सक्ने जनाएको छ।

शिक्षक तथा कर्मचारीका समस्याबारे सम्बन्धित सरोकारवालासँग छलफल गरी दीर्घकालीन समाधान खोज्न समेत आग्रह गरेको छ।

Leave a Comment