अष्टलक्ष्मी शाक्य ले केपी शर्मा ओली लाई नेकपा एमालेको अध्यक्ष पदबाट हट्न सार्वजनिक आग्रह गरेकी छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक चलिरहेका बेला सामाजिक सञ्जालमार्फत उनले ओलीको नेतृत्व शैलीमाथि तीखा टिप्पणी गरेकी हुन्।
शाक्यले ओली तीन कार्यकालदेखि पार्टी नेतृत्वमा रहेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताएकी छन्। उनले एमाले कमजोर बन्दै गएको दाबी गर्दै त्यसका लागि नेतृत्वको दम्भ, घमण्ड र गुटीय सोच जिम्मेवार रहेको आरोप लगाइन्।
उनले एमाले कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै पार्टी लाखौँ कार्यकर्ताको संघर्ष र बलिदानबाट बनेको बताएकी छन्। “एमाले तपाईंको पेवा होइन,” भन्दै उनले ओलीलाई यही बैठकबाट ससम्मान बिदा लिन सुझाव दिएकी छन्।
शाक्यले अब विचार, सामूहिक नेतृत्व र इमानदार राजनीतिमार्फत मात्रै एमालेलाई पुनर्जीवित गर्न सकिने धारणा राखेकी छन्। एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला उनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
एमालेभित्रै ओलीविरुद्ध अष्टलक्ष्मीको खुला असन्तुष्टि
Leave a Comment
Leave a Comment






