काठमाडौं, असोज १२-मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधसम्बन्धी कसुरमा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार अदालतबाट प्रसाईँमाथि थप अनुसन्धानका लागि तीन दिनको हिरासत अनुमति प्राप्त भएको हो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई हिरासतमा राखी साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउन अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए।
प्रहरीले प्रसाईँलाई सोमबार भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई साइबर ब्युरोमा लगेर आवश्यक अनुसन्धान अघि बढाइएको थियो।
अदालतबाट हिरासत अनुमति पाएसँगै प्रहरीले प्रसाईँसँग सम्बन्धित साइबर अपराधको आरोपबारे थप अनुसन्धान गर्ने भएको छ।
दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
Leave a Comment
Leave a Comment

